सर्वसाधारणका लागि पौडी पोखरी खुला
बिहीबार, १६ चैत २०७९, १५ : २४
काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।
आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।
व्यक्तिगतका लागि प्रति सिफ्ट रु दुई सय, मासिक रु चार हजार, त्रैमासिक रु १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रु पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रु १३ हजार शुल्क तोकिएको छ ।
गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रु एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण