सर्वसाधारणका लागि पौडी पोखरी खुला
बिहीबार, १६ चैत २०७९, १५ : २४
काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।
आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।
व्यक्तिगतका लागि प्रति सिफ्ट रु दुई सय, मासिक रु चार हजार, त्रैमासिक रु १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रु पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रु १३ हजार शुल्क तोकिएको छ ।
गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रु एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले जनता समाजवादी पार्टी दर्ता भएको संसद् सचिवालयलाई गरायो जानकारी
-
हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य
-
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
-
पर्साका वनक्षेत्र सुरक्षित, कृषि क्षेत्रमा आगलागी
-
घट्यो ब्रोकर कमिसन : १ करोड रुपैयाँमाथिको कारोबारमा अब ०.२४ प्रतिशत मात्र लिन पाइने
-
अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया