सिन्धुलीमा करेन्ट लागेर बालकको मृत्यु
विहीबार, १६ चैत्र २०७९, १५ : ५९

सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमणदेखि नागरिकता विधेयकबारे छलफल
-
कार्यसम्पादनमा कोशी प्रदेश अब्बल, कर्णालीलाई अनुदान बढी
-
सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ
-
वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?
-
बजेट सकारात्मक छ : नेपाल समुद्रपार निकासी पैठारी संघ
-
बायाँबाट आइरहेको सकारात्मक आवाजलाई दिमागले छिट्टै चिन्छ