आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा

गुजरात । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । साबिक विजेता गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्धको खेलबाट आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नेछ ।
यस खेलमा दुई मित्र विपक्षी टोलीका कप्तानका रूपमा भिड्नेछन् । गुजराजको नेतृत्व हार्दिक पान्ड्याले गर्नेछन् भने फेरि एकपटक चेन्नईको कमान्ड महेन्द्रसिंह धोनीको हातमा हुनेछ । गत सिजन चेन्नई नवौँ स्थानमा सीमित भएको थियो । यो सिजन धोनीको टोली पुनरागमन गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ । चेन्नई चारपटकको आईपीएल विजेता रहिसकेको छ ।
गत सिजन गुजरातले दुवै खेलमा चेन्नईलाई हराएको थियो । पहिलो खेल ३ विकेटले जितेको गुजरातले दोस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको थियो ।
दुई टोलीबीचको खेल शुक्रबार नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्डेडियममा खेलाइनेछ ।
५९ दिन चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेलहरू हुनेछन् । हर टोलीले १४ खेल खेल्नेछन्, ७ आफ्नो घरेलु मैदानमा र ७ वटा विपक्षी टिमको मैदानमा छ ।
१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् । लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट
-
रेशम चौधरीको माफी : लोकतन्त्र क्षयीकरणको खतरनाक बाटो
-
बढेन क्यासिनोले बुझाउनुपर्ने रोयल्टी, वार्षिक ५ करोड बुझाउनुपर्ने
-
सन्दीपको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा
-
सिर्सिया नदीलाई प्रदूषण मुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
पङ्गु बनाइयो ‘प्लस टु’