आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा
गुजरात । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । साबिक विजेता गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्धको खेलबाट आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नेछ ।
यस खेलमा दुई मित्र विपक्षी टोलीका कप्तानका रूपमा भिड्नेछन् । गुजराजको नेतृत्व हार्दिक पान्ड्याले गर्नेछन् भने फेरि एकपटक चेन्नईको कमान्ड महेन्द्रसिंह धोनीको हातमा हुनेछ । गत सिजन चेन्नई नवौँ स्थानमा सीमित भएको थियो । यो सिजन धोनीको टोली पुनरागमन गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ । चेन्नई चारपटकको आईपीएल विजेता रहिसकेको छ ।
गत सिजन गुजरातले दुवै खेलमा चेन्नईलाई हराएको थियो । पहिलो खेल ३ विकेटले जितेको गुजरातले दोस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको थियो ।
दुई टोलीबीचको खेल शुक्रबार नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्डेडियममा खेलाइनेछ ।
५९ दिन चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेलहरू हुनेछन् । हर टोलीले १४ खेल खेल्नेछन्, ७ आफ्नो घरेलु मैदानमा र ७ वटा विपक्षी टिमको मैदानमा छ ।
१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् । लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण