बारा- २ मा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा रमेश खेरल उम्मेदवार बन्ने भएका छन् । बिहीबार राती अबेर रास्वपाले सो क्षेत्रबाट खरेललाई उम्मेदवार बनाउने सूची सार्वजनिक गरेको छ ।
रास्वापले सार्वजनिक गरेको उम्मेदवारहरुको प्रारम्भिक सूचीअनुसार पूर्व डिआइजी समेत रहेका खरेल र युवराज न्यौपाने बारा २ का लागि आकांक्षी देखिएका छन् । सो क्षेत्रमा खरेल र न्यौपाने दुवै जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएपनि न्यौपानेलाई व्याक गराएर खेरललाई उठाउने तयारी रास्वपाले गरेको श्रोतले बताएको छ ।
त्यस्तै चितवन २ मा पार्टी अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सूचीमा उल्लेख छ ।
सो पार्टीमा उम्मेदवारीका लागि दावी पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भोट हाल्न सक्छन् । बारा– २ सहित चितवन र तनहुँमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिबारे एमालेले संसदमा जवाफ माग गर्ने
-
भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा नेपाल भ्रमण गर्नुहुनेछ : प्रचण्ड
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्