बारा- २ मा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा रमेश खेरल उम्मेदवार बन्ने भएका छन् । बिहीबार राती अबेर रास्वपाले सो क्षेत्रबाट खरेललाई उम्मेदवार बनाउने सूची सार्वजनिक गरेको छ ।
रास्वापले सार्वजनिक गरेको उम्मेदवारहरुको प्रारम्भिक सूचीअनुसार पूर्व डिआइजी समेत रहेका खरेल र युवराज न्यौपाने बारा २ का लागि आकांक्षी देखिएका छन् । सो क्षेत्रमा खरेल र न्यौपाने दुवै जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएपनि न्यौपानेलाई व्याक गराएर खेरललाई उठाउने तयारी रास्वपाले गरेको श्रोतले बताएको छ ।
त्यस्तै चितवन २ मा पार्टी अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सूचीमा उल्लेख छ ।
सो पार्टीमा उम्मेदवारीका लागि दावी पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भोट हाल्न सक्छन् । बारा– २ सहित चितवन र तनहुँमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण