मन्त्रीमण्डल विस्तार हुँदै, शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।
‘आज चार बजेभित्र शपथ गर्ने तयारी छ । त्यसैका लागि पीएम शीतल निवास जानुभएको हो’, बालुवाटार स्रोतको भनाइ छ ।
सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो । पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका हुन् । तीन दलले सरकार छोडेपछि प्रधानमन्त्रीको जिम्मेवारीमा १६ मन्त्रालय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो