उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने
काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
‘उपनिर्वाचनपछि नयाँ शिराबाट जाने सोँच बनाएको हो, त्यसबारे एक चरण छलफल भैसकेको छ’, उनले भने, ‘अब अहिले त उपचुनावमै केन्द्रीत हुनुपर्यो, त्यसैले पछि गर्ने सल्लाह भएको छ ’खरेलले रातोपाटीसँग भने ।
खरेलले अब आफु राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपनि पराजित बनेका थिए । खरेल नेपाल प्रहरीका पुर्व डीआइजीपी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण