दिल्ली : लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु
दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई उद्धृत गर्दै कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरूको मृत्यु भएको जनाएको छ । मानिसहरू घरमा सुतिरहेका बेला लामखुट्टे भगाउनका लागि रात भरी रिपेलेन्ट बालिरहेका थिए ।
घरमा कार्बन मोनोअक्साइड ग्यास हुनुको कारण यसैलाई बताइएको छ । अतिरिक्त डीसीपी सन्ध्या स्वामीले शास्त्री पार्कमा सञ्चारमाध्यमसँग भने, ‘ग्राउन्ड फ्लोरमा लामखुट्टे भगाउन धूप बलिरहेको थियो जसका कारण आगलागी भएको थियो ।’
‘मानिसहरूलाई बाहिर निकाल्दा ६ जनाको सास चलिरहेको थियो तर जब अस्पताल लगियो उनीहरूको मृत्यु भयो । दुई जनाको अवस्था गम्भीर छ ।’
दिल्ली: शास्त्री पार्क में मच्छर प्रतिरोधी के कारण आग लगने से एक परिवार के 6 सदस्यों की मृत्यु हो गई।
— ANI_HindiNews (@AHindinews) March 31, 2023
अतिरिक्त DCP संध्या स्वामी ने बताया, "ग्राउंड फ्लोर पर मच्छर प्रतिरोधी जल रहा था जिससे आग लग गई। जब लोगों को बाहर निकाला गया तो 6 लोगों की सांसें चल रही थी, लेकिन जब अस्पताल ले… pic.twitter.com/oLfwb0aL5E
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण