बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद्

प्रचण्ड सरकारमा खड्कालाई दोस्रो वरीयता

शुक्रबार, १७ चैत २०७९, १५ : १८
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारमा दोस्रो वरीयता पाएका छन् । नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा सहभागी खड्काको दोस्रो वरीयता कायम भएको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री रहेका छन् । कांग्रेसबाट खड्का र माओवादीबाट नाराणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

२०४८ पछि पटक–पटक गरी ७ पटक मन्त्री बनेका खड्काले पहिलो पटक उप्रधानसहितको जिम्मेवारी पाएका छन् ।

खड्का २०५५ वैशाखदेखि २०५५ भदौसम्म युवा, खेलकुद तथा संस्कृति र जनसंख्या तथा वातावरण मन्त्री भएका थिए ।  २०५५ पुस १० देखि २०५६ जेठ १६ सम्म उनी वाणिज्य, युवा तथा खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।

२०५६ जेठ १७ देखि २०५६ असार १५ गतेसम्म सूचना तथा सञ्चार र उद्योग मन्त्री भएका खड्का २०५६ असार १६ देखि २०५६ चैत ७ गतेसम्म उनी गृहमन्त्री भएका थिए ।

२०५८ कात्तिक २ देखि २०५९ असोज २५ गतेसम्म उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । खड्का २०६१ असार २१ देखि २०६१ माघ १९ गतेसम्म पनि गृहमन्त्री थिए । 

पहिलो पटक उपप्रधानमन्त्री बनेका खड्काको वरीयता २०६८ मै उपप्रधानमन्त्री बनेका श्रेष्ठभन्दा माथि छ । श्रेष्ठ पहिलो पटक २०६८ मा उपप्रधान तथा गृहमन्त्री मन्त्री बनेका थिए । सोही कार्यकालमा उनी उपप्रधान तथा परराष्ट्र मन्त्री पनि बनेका थिए । २०७९ पुस ११ गते उपप्रधान तथा भौतिक मन्त्री बनेका श्रेष्ठ अहिले उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

यद्यपि एमाले सहभागी प्रचण्ड सरकारमा पनि उनको वरीयता तेस्रो थियो । एमालेबाट नेतृत्व गरेका उपाध्यक्ष विष्णु पौडेलको वरीयता दोस्रो नम्बरमा थियो । पहिलो वरीयता नपाएको भन्दै त्यतिबेला श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप