सीके राउतले भने–जनमत पार्टी मन्त्री पदको भोको होइन
शुक्रबार, १७ चैत २०७९, १६ : ३०
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको प्रस्ट पारेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै सीके राउतले ट्वीट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।
त्यसअघि जनमत पार्टीबाट सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएका थिए । खानलाई बधाई दिँदै उनले लेखेका छन्, ‘मा. अब्दुल खानलाई धेरैधेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’
सीके राउतले आफूहरु जनताको सेवक रहेको पनि जनाएका छन् । उनले लेखेका छन्, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको बाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण