हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्ला । हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।
जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परीक्षा दिएका हुन् ।
पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसइईको परीक्षा दिएको कोट माध्यमिक विद्यालय एसइईका केन्द्राध्यक्ष मुमलाल आर्चायले जानकारी दिए ।
त्यस्तै हिमज्योति माध्यमिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमीले पनि एसइईको परीक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताए । त्यसैगरी अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र उनका २३ वर्षीय छोराले सूर्यदय माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।
परीक्षामा २८ जना अनुपस्थित
हुम्ला जिल्लाका छ परीक्षा केन्द्रमा एक हजार दुई सय ३४ परीक्षार्थीमध्ये २८ जना अनुपस्थित रहेका छन् । बालमन्दिर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा दुई सय ५६ परीक्षार्थीमध्ये दुई अनुपस्थित रहेको र मानसरोवर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक सय ८० परीक्षार्थी मध्ये पाँच परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी भीमराज कार्कीले जानकारी दिए ।
हिमज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा दुई सय ५३ परीक्षार्थी मध्ये छ परीक्षार्थी अनुपस्थित, सूर्यदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक सय ५७ जना परिक्षार्थीमध्ये एक जना अनुपस्थित, मदानदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रमा दुई सय ४० परीक्षार्थीमध्ये दुई अनुपस्थित र कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा एक सय ४८ परीक्षार्थीमध्ये चार अनुपस्थित रहेको सूचना अधिकारी कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त