आन्तरिक विवाद चुलिएपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
शनिबार, १८ चैत २०७९, ०९ : २०
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्नेछ ।
सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण