एमालेले चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने
काठमाडौँ । नेकपा एमालेले वैशाख १० मा हुने उपनिर्वाचनका लागि २ क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो ।
बैठकले चितवन २ मा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । बारामा भने एमाले उम्मेदवार छानेको छैन । बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एमालेले जनाएको छ ।
यसअघि गत मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा खनाल काठमाडौँ क्षेत्र नम्बर ६ बाट उनी पराजित भएका थिए । उनको पुर्ख्यौली घर तनहुँको भानु नगरपालिका हो । खनाललाई एमालेले दोस्रो पटक उम्मेदवार बनाउन लागेको हो ।
वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । चितवन २ मा रास्वपा अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उक्त क्षेत्र खाली भएको थियो । त्यस्तै बारा २ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति र तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको थियो । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण