चैतमा दोलखाको शैलुङ डाँडामा हिमपात
दोलखा। दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । शनिबार दिउँसो मध्यान्हपछि समुन्द्री सतहबाट करिब ३३ सय मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ डाँडा र कालिन्चोक भगवती मन्दिर लगायतका स्थानहरूमा बाक्लो हिमपात भएको हो ।
शनिबार मौसममा आएको परिवर्तन सँगै सदरमुकाम आसपासका क्षेत्रहरूमा चट्याङ सहित वर्षा भइरहेको छ भने माथिल्लो भागमा हिमपात भइरहेको शैलुङकी स्थानीय सबिना तामाङले जानकारी दिइन्। शैलुङको डाँडामा बाक्लो हिमपात सुरु भएसँगै तल्लो भेगमा कालापानी, ढुङ्गे बजार, बागखोर बजारका स्थानमा वर्षा भइरहेको तामाङको भनाई छ । विगतका वर्षहरूमा भन्दा यो वर्ष दोलखामा फरक महिनामा हिमपात भइरहेको छ । पुस, माघ र फाल्गुन महिनामा हिमपात हुनु पर्नेमा चैतको मध्यतिर पुग्दा बल्ल हिमपात भएको हो ।
हिमपात भएपछि दोलखाका अधिकांश डाँडाकाँडा हिउँले ढाकिएको देखिन्छ। हिउँ परेपछि कालिन्चोक कुरी बजारका होटल व्यवसायी निकै हर्षित भएका छन्। हिउँ परेको समयमा पर्यटकको आगमन बढी हुने होटल व्यवसायीहरूले अपेक्षा गरेका छन्। यता शैलुङ क्षेत्रमा हिमपातसँगै वर्षा भएपछि आलु किसान हर्षित भएका छन्। आलु खेतीलाई पानी कुरिरहेका किसान पानी परेपछि निकै हर्षित भएको अनुमान गर्न सकिन्छ। जिल्लामा हिमपात र वर्षा भएपछि चिसोले जनजीवन प्रभावित बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण