आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली खेलाडीहरूका लागि राम्रो खेलमैदानको आवश्यकता छ : उपराष्ट्रपति

आइतबार, १९ चैत २०७९, ०७ : २८
आइतबार, १९ चैत २०७९

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली खेलाडीहरूका लागि राम्रो खेल मैदानको आवश्यकता भएको बताएका छन् । शनिबार साँझ १३ औँ जीतपुर सिमरा गोल्डकपको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय नेपाली खेलाडीले अन्तर्राष्ट्रिय रूपमा आफ्नो परिचय बनाउन सफल भएको र देशको गौरव बढाएकोले नेपाली खेलाडीहरूका लागि देशभित्रै राम्रा खेलमैदानको आवश्यकता भएको टिप्पणी गरेका छन् ।

‘विश्वका शक्तिशाली देशहरू खेल र खेलाडीहरूबाट परिचित भएका छन्, नेपाली खेलाडीहरू पनि देशका गहना हुन् यसलाई जोगाएर राख्न अझै समृद्ध र उत्कृष्ट बनाउने तपाई हामी सबैको कर्तव्य हो’ उपराष्ट्रपति यादवले भने ‘नेपाल सरकारले पनि यहाँका खेल र खेलाडीका लागि कामहरू गर्नु आवश्यक छ, खेलाडीहरूका लागि राम्रा खेल मैदानको आवश्यकता छ’

उपराष्ट्रपति यादवले जीतपुरसरिमा  गोल्डकप प्रतियोगिता मधेस प्रदेशमा हुने खेलकुद प्रतियोगिताहरू मध्ये महत्त्वपूर्ण प्रतियोगिता भएको टिप्पणी गर्दै अधुरो सिमरा रङ्गशाला निर्माणमा आफ्नो तर्फबाट सहयोग हुने बताएका छन् । ‘सिमरा रङ्गशालाको निमार्णधिन खेल मैदानले चाडै पूर्णता पाओस् भन्ने चाहना भएकाले खेलमैदानको लागि मेरो तर्फबाट सकेजति सहयोग गर्दछु भन्ने विश्वास दिलाउन चाहन्छु’ उपराष्ट्रपति यादवले भने ‘बारा जिल्लामा मेरा धेरै दुःखसुखका दिनहरू बितेका छन् जिल्लावासीको सहयोगले नै म आज उपराष्ट्रपति पदमा पुगेको हुँ ।’ उपराष्ट्रपति यादवले छोटो समयमा जीतपुरसरिमा गोल्डकप नामकरण गरी १३ औ संस्करणसम्म आउन सफल भएकोमा खुसी समेत व्यक्त गरेका छन् ।

निर्मल भट्ट क्षेत्रीको स्मृतिमा पहिलो पटक २०५८ सालमा सिमरा रङ्गशालामा प्रथम निर्मल भट्ट क्षेत्री फुटबल प्रतियोगिताको सुरुवात भएको थियो । सोही फुटबल प्रतियोगिता आज जीतपुरसिमराको नामले १३ औ संस्करणको रूपमा नव जनजागृति युवा क्लबले सिमरा रंगशालमा खेलाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप