एफएनसीसीआईमा त्रिपक्षीय भिडन्त पक्का, प्यालन सार्वजनिक गर्दै सघांई
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय भिडन्त हुने भएको छ । लामोसमयदेखि वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाइरहेका ४ मध्ये ३ जनाले प्यानल नै सार्वजनिक गरेपछि त्रिपक्षीय भिडन्त पक्का भएको हो ।
वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाउने ४ मध्ये दिनेश श्रेष्ठ उमेशलाल श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा दोहोरिन राजी भइसकेका छन् । यसबाहेक, अन्जान श्रेष्ठले फागुन ३० गते आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् भने रामचन्द्र सघांईले आज प्यानल घोषणा गर्ने भएका छन् ।
यससँगै, यही चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनमा त्रिपक्षीय भिडन्त पक्काजस्तै भएको हो । तर, रामच्नद्र र अन्जानले ज्योत्सना श्रेष्ठलाई आ–आफ्नो प्यालनमा दाबी गरेका छन् । यसअघि फागुन ३० गते ललितपुरको एलिस रिसेप्सनमा ज्योत्सना श्रेष्ठसहितको प्यालन घोषणा गरेका थिए । उनको प्यानलमा मणिषलाल प्रधान र अरुण सुमार्गीसहितको प्यालन सार्वजनिक गरेका थिए ।
तर, आज रामचन्द्र संघाईले आफ्नो टिममा ज्योत्सनालाई समेत राखेर प्यानल सार्वजनिक कार्यक्रम तय गरेका छन् । संघाईको प्यालनमा ज्योत्सनासहित सुरजकृष्ण वैद्य र सकुन्तला हिराचन समेत छन् । यसबारे संघाईलाई बुझ्दा ज्योत्सना श्रेष्ठ आफ्नो प्यानलमा रहेको र आफ्नै प्यानलबाट निर्वाचन लड्ने बताए । यसबारे बुझ्न खोज्दा अन्जान श्रेष्ठलाई र ज्योत्सना श्रेष्ठसँग सम्पर्क हुन सकेन ।
यसबाहेक, उमेशलाल श्रेष्ठको प्यानलमा दिनेश श्रेष्ठ, हेमराज ढकाल र भरत आचार्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण