शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एफएनसीसीआईमा त्रिपक्षीय भिडन्त पक्का, प्यालन सार्वजनिक गर्दै सघांई

आइतबार, १९ चैत २०७९, १५ : १०
आइतबार, १९ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा त्रिपक्षीय भिडन्त हुने भएको छ । लामोसमयदेखि वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाइरहेका ४ मध्ये ३ जनाले प्यानल नै सार्वजनिक गरेपछि त्रिपक्षीय भिडन्त पक्का भएको हो ।

वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाउने ४ मध्ये दिनेश श्रेष्ठ उमेशलाल श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा दोहोरिन राजी भइसकेका छन् । यसबाहेक, अन्जान श्रेष्ठले फागुन ३० गते आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् भने रामचन्द्र सघांईले आज प्यानल घोषणा गर्ने भएका छन् ।

यससँगै, यही चैत २८ र २९ गते हुने साधारणसभा तथा निर्वाचनमा त्रिपक्षीय भिडन्त पक्काजस्तै भएको हो । तर, रामच्नद्र र अन्जानले ज्योत्सना श्रेष्ठलाई आ–आफ्नो प्यालनमा दाबी गरेका छन् । यसअघि फागुन ३० गते ललितपुरको एलिस रिसेप्सनमा ज्योत्सना श्रेष्ठसहितको प्यालन घोषणा गरेका थिए । उनको प्यानलमा मणिषलाल प्रधान र अरुण सुमार्गीसहितको प्यालन सार्वजनिक गरेका थिए ।

तर, आज रामचन्द्र संघाईले आफ्नो टिममा ज्योत्सनालाई समेत राखेर प्यानल सार्वजनिक कार्यक्रम तय गरेका छन् । संघाईको प्यालनमा ज्योत्सनासहित सुरजकृष्ण वैद्य र सकुन्तला हिराचन समेत छन् । यसबारे संघाईलाई बुझ्दा ज्योत्सना श्रेष्ठ आफ्नो प्यानलमा रहेको र आफ्नै प्यानलबाट निर्वाचन लड्ने बताए । यसबारे बुझ्न खोज्दा अन्जान श्रेष्ठलाई र ज्योत्सना श्रेष्ठसँग सम्पर्क हुन सकेन ।

यसबाहेक, उमेशलाल श्रेष्ठको प्यानलमा दिनेश श्रेष्ठ, हेमराज ढकाल र भरत आचार्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप