एमालेमाथिको आक्रमण राष्ट्रमाथिकै प्रहार हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमाथि भइरहेको चौतर्फी प्रहार राष्ट्रमाथिकै प्रहार भएको बताएका छन् ।
आइतबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सकेमात्रै मुलुकको रक्षा र नेपालीको सम्मृद्धिको सपना पुरा हुने बताए ।
‘यतिवेला राष्ट्रिय राजनीतिमा एमाले र एमाले नेतृत्वका विरुद्ध जस्तो प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यो आक्रमणको उद्देश्य के हो ? यो नेकपा एमालेलाई मात्रै कमजोर बनाउने उद्देश्य होइन’, पोखरेलले भने, ‘यथार्थतामा नेपाल राष्ट्रलाई नै कमजोर बनाउने उद्देश्यका साथ एमालेमाथि प्रहार भइरहेको छ ।’
उनले नेपालको एउटा देशभक्त शक्तिमाथिको प्रहार राष्ट्रमाथिको प्रहार हो भन्ने कुरा सबैले बुझ्नु र आत्मसाथ गर्न जरुरी रहेको पनि बताए ।
महासचिव पोखरेलले मुलुक ३ प्रकारका संकटबाट गुज्रिरहेको भन्दै त्यसको कारक कांग्रेस माओवादी नेतृत्वको गठबन्धन र सरकार भएको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण