लघुवित्तको समस्या समाधानका लागि राष्ट्र बैंकले माग्यो सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त घ वर्गको लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ ।
हालैमात्र केन्द्रीय बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्ने गरी एक अध्ययन समिति गठन भएको छ ।
उक्त समितिले कार्य प्रारम्भ गरिसकेको जनाउँदै बैंकले लघुवित्त भित्रको समस्या र सो समस्याको समाधानको उचित उपाय दिन सरोकारवालाहरुलाई आग्रह गरेको हो ।
सरोकारवालाहरुले २०८० बैशाख २० गतेभित्र तोकिएको इमेलमा सुझाव पठाउन समेत राष्ट्र बैंकले विशेष अनुरोध गरेको छ ।
पछिल्लो समय देशैभरीबाट ग्रामीण क्षेत्रमा लघुवित्तहरुले कर्जाको नाममा अनावश्यक ऋणको भारी बोकाएको, बढी ब्याज लिएको, मनलाग्दी सेवा सुल्क लिएको र एकै व्यक्तिलाई दर्जनौं संस्थाहरुले कर्जा लगानी गरेको भन्दै विरोध भइरहेको छ ।
यसका विरुद्ध देशैभरीबाट लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समिति नै बनाएर ऋणीहरु आन्दोलनमा होमिरहेका छन् । लघुवित्त संस्था र ऋणीहरुबीचको यस्तो द्वोद्वको स्थिति बनेपछि राष्ट्र बैंकले अध्ययन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो
-
झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण