फेसबुक ह्याक गरेर अश्लील फोटो र भिडियो राख्ने व्यक्ति पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर अश्लील फोटो र भिडियो राखेर चरित्र हत्या गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ का दिपेश लोहनी रहेका छन् ।
उनले अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन तथा म्यासेज गरेर धाकधम्की दिने तथा फेसबुकसमेत ह्याक गरी अश्लील फोटो तथा भिडियोहरु राख्ने तथा पीडितको सामाजिक सञ्जाल फेसबुकसँग जोडिएका सम्पूर्ण व्यक्तिहरुलाई पठाउने गरेको उजुरी प्रहरीमा परेको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण