बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महासंघमा बढ्यो चुनावी सरगर्मी, सोमबार टिम घोषणा गर्दै उमेशलाल श्रेष्ठ

आइतबार, १९ चैत २०७९, २० : ५२
आइतबार, १९ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टिम घोषणा गर्ने भएको छ । सो समूहले सोमबार दिउँसो ३ बजे आफ्नो टिमको उम्मेदवारी घोषणा गर्न लागेको जानकारी दिएको हो ।

सो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरू सरकारसँग जोडदार रूपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । उक्त समूहले सोमबार पदाधिकारीको मात्रै टिम घोषणा गर्ने भएको छ । हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समूहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाइसकेको सो समूहले मनोनयन दर्ता पछि मात्रै सदस्यहरु सिमितको टिम घोषणा गर्ने भएको छ । 

सो समूहले सदस्यहरुको भने मनोनयन दर्ता पनि सदस्यहरुको टिम सार्वजनिक गर्ने जानकारी दिएको छ । महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९  र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् ।  ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ उक्त समूहले भन्यो ।

यसैबीच, आइतबार वरिष्ठ उपाध्यक्षको आकांक्षी रामचन्द्र संघईले आफ्नो प्यानल घोषणा गरेका छन् । उनले सबैभन्दा ढिलो गरी प्यानल घोषणा गरेका हुन् । उनको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ छिन् । यसअघि उनी अन्जान श्रेष्ठको प्यानलमा खुलेकी थिइन् । यस्तै, जिल्लानगरमा सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तला हिराचन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप