सात मिनेटमा बेन्जेमाको ह्याट्रिक, रियलको गोलवर्षा
मड्रिड । करिम बेन्जेमाले पहिलो हाफमा सात मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि रियल मड्रिडले रियल भालाडोलिडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा रियल ६–० गोलले विजयी बनेको हो ।
मार्को एसेन्सियोको पासमा रोड्रिगोले रियलका लागि सुरुवाती गोल गरेका थिए । त्यसपछि भिनिसियस जुनियरको उत्कृष्ट क्रसमा बेन्जेमाले हेड गर्दै गोल गरे । फ्रान्सेली खेलाडीले भिनिसियसको अर्को पासबाट आफ्नो दोस्रो गोल गरे भने त्यसपछि क्लोज-रेन्ज ओभरहेड किकमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । अप्रिल १९९२ मा एस्प्यानियोलमाथि ७-० को जितमा फर्नान्डो हिएरोले ६ मिनेटमा तीन गोल गरेपछि यो ला लिगा खेलमा मड्रिडको सबैभन्दा छिटो ह्याट्रिक थियो। रियलका लागि एसेन्सियो र लुकास भाज्क्वेजले पनि गोल गरे।
जीतका बावजुद कार्लो एन्सेलोटीको टोली ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछि छ । तर यो मड्रिडका लागि मनोबल बढाउने जीत थियो । रियलले कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा बुधबार बार्साको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण