दिनेश कोइरालाले मागे कांग्रेस उम्मेदवारलाई मत
काठमाडौं । गत मंसिरमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्। चितवन ३ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका भोजराज अधिकारीविरुद्ध कोइरालाले कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पार्टीको निर्देशन नमानेको भन्दै कांग्रेसले केन्द्रीय दसस्य कोइरालालाई कारबाही गरेको थियो। एमालेको समर्थनका बाबजुद पनि कोइराला मंसिर ४ को चुनावमा पराजित भएका थिए। तर कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन्।
कोइरालाले वक्तव्य जारी गर्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन मतदातालाई अपिल गरेका छन्। तनहुँमा उम्मेदवार बनेका गोविन्द भट्टराई र चितवनमा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ प्रतिनिधि सभामा पुग्नैपर्ने सशक्त उम्मेदवार भएको उनको भनाइ छ । उनले आवेगमा नभई विवेक र वुद्धिमता प्रयोग गर्न मतदातालाई आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण