दिनेश कोइरालाले मागे कांग्रेस उम्मेदवारलाई मत
काठमाडौं । गत मंसिरमा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन्। चितवन ३ मा गठबन्धनका साझा उम्मेदवार माओवादीका भोजराज अधिकारीविरुद्ध कोइरालाले कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पार्टीको निर्देशन नमानेको भन्दै कांग्रेसले केन्द्रीय दसस्य कोइरालालाई कारबाही गरेको थियो। एमालेको समर्थनका बाबजुद पनि कोइराला मंसिर ४ को चुनावमा पराजित भएका थिए। तर कोइरालाले आज अपिल जारी गर्दै वैशाख १० को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चितवन २ र तनहुँ १ मा मतदान गर्न आग्रह गरेका छन्।
कोइरालाले वक्तव्य जारी गर्दै उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सघाउन मतदातालाई अपिल गरेका छन्। तनहुँमा उम्मेदवार बनेका गोविन्द भट्टराई र चितवनमा उम्मेदवार बनेका जितनारायण श्रेष्ठ प्रतिनिधि सभामा पुग्नैपर्ने सशक्त उम्मेदवार भएको उनको भनाइ छ । उनले आवेगमा नभई विवेक र वुद्धिमता प्रयोग गर्न मतदातालाई आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रवि ‘अन्सेन्सर्ड’ : निशानामा गगन
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने