सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
सोमबार, २० चैत २०७९, १० : ४०
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनको मूल्य घटेको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ कायम थियो । हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो आइतबार १४ सय १० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण