शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि....

सोमबार, २० चैत २०७९, ११ : ३९
सोमबार, २० चैत २०७९

काठमाडौंँ । आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् ।
अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो । जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएकी छन् ।

कार्यक्रममा आँचललाई सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ ? भनेर तस्बिर देखाएर प्रश्न राखिएको थियो । जसमा उनले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् । सञ्चालकले बोलचाल हुन्छ भन्दा भनेर फेरि प्रश्न राख्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमान्को पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् ।

उदीप श्रेष्ठ आँचलका श्रीमान् हुन् । उनी सिपोराको प्रेममा समेत थिए भन्ने कुरो हालसम्म मिडियामा नआएको बिषय हो । तर, आँचलले भने मिडियाको कार्यक्रम मार्फत सबै कुरो खोलिन् । यो कुरोमा उदीपलाई आपत्ति नहोला । सिपोराले आपत्ति जनाउँछिन् वा जनाउँदिनन्, त्यो उनको बिषय हो । तर सिपोराको व्यक्तिगत बिषय उनले मिडिया मार्फत खुलासा गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप