आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि....
काठमाडौंँ । आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् ।
अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो । जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएकी छन् ।
कार्यक्रममा आँचललाई सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ ? भनेर तस्बिर देखाएर प्रश्न राखिएको थियो । जसमा उनले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् । सञ्चालकले बोलचाल हुन्छ भन्दा भनेर फेरि प्रश्न राख्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमान्को पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् ।
उदीप श्रेष्ठ आँचलका श्रीमान् हुन् । उनी सिपोराको प्रेममा समेत थिए भन्ने कुरो हालसम्म मिडियामा नआएको बिषय हो । तर, आँचलले भने मिडियाको कार्यक्रम मार्फत सबै कुरो खोलिन् । यो कुरोमा उदीपलाई आपत्ति नहोला । सिपोराले आपत्ति जनाउँछिन् वा जनाउँदिनन्, त्यो उनको बिषय हो । तर सिपोराको व्यक्तिगत बिषय उनले मिडिया मार्फत खुलासा गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण