दुई हजार जरिवाना तोकिएकी फरार प्रतिवादी महिला पक्राउ
सोमबार, २० चैत २०७९, १२ : ४५
सुर्खेत । सुर्खेत प्रहरीले २ हजार जरिवाना तोकिएकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरकी २९ वर्षीय सुनिता ढकाल रहेकी छन् । जिल्ला अदालत सुर्खेतले उनलाई चेक अनादर मुद्दामा २ महिना कैद र २ हजार जरिवाना तोकेको थियो ।
तर उनले कैद र जरिवाना नतोकेर फरार रहेकी थिइन् । प्रदेश प्रहरी कार्यालय ब्युरो शाखा सुर्खेतबाट खटिएका प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र अदालतमा पेश गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण