नेपालको बिजुलीलाई ‘सहज बाटो’ खोल्दै भारत, सम्झौताको ड्राफ्ट बन्दै
काठमाडौँ । नेपालको बिजुलीलाई सहजरुपमा निर्यातको अनुमति पाउने गरी सम्झौताको तयारी सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई पक्षबीच नेपालको बिजुलीलाई सहजरुपमा भारतीय बजारको पहुँच दिने सम्झौताको तयारी भइरहेको हो । प्रधानमन्त्री दाहाल वैशाख दोस्रो साता भारत भ्रमणमा निस्कने तयारीमा छन् । उक्त भ्रमणका क्रममा नेपाल र भारतले बिजुली व्यापारलाई प्राथमिकतामा राखेका छन् । दुई देशले बिजुली व्यापारमा नयाँ आयाम थप्ने गरी सम्झौताको तयारी भइरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न भारतका नियामक निकायसँग दुईपटक अनुमति लिनुपर्छ ।
प्राधिकरणले कति क्षमताको बिजुली भारततर्फ पठाउने भन्ने अनुमति लिनुपर्छ । त्यसपछि कुन–कुन आयोजनाबाट भारतमा उक्त क्षमतामा बिजुली बेच्ने भनेर छुट्टा–छुट्टै अनुमति लिने गरिन्छ । यी दुई प्रकारका अनुमति आएपछि बल्ल प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न पाउँछ । तर, प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाली बिजुली सिधै भारतमा बेच्न पाउने व्यवस्थासहितको सम्झौता गर्ने तयारी छ ।
अहिले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा हुने सम्झौताको ड्राफ्ट तयार पार्दैछ । उक्त ड्राफ्टमा नेपाली बिजुलीले सिधै भारतीय बजारमा पहुँच पाउने व्यवस्था समेत समेटिएको छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा बिजुली व्यापारमा ठूला सम्झौताको तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘त्यो तयारीले नेपाली बिजुलीले भारतीय बजारमा सहज पहुँच बन्छ ।’ हाल विद्युत प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न झन्झटिलो रहेको स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण