सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर

सोमबार, २० चैत २०७९, १५ : ४५
सोमबार, २० चैत २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका १२ का कार्यालयका तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्न बहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

आयोगले सोमबार उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

वडा सचिव जैसी र कार्कीले आर्थिक वर्ष २०७५ ७६ मा प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्कली विवरण खडा गरी भ्रष्टाचार गरेको पाइएको अयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ताको २ लाख ७३ हजार ४ सय रकम अनियमितता गरेको अख्तियारले ठहर गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप