सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका १२ का कार्यालयका तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्न बहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आयोगले सोमबार उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
वडा सचिव जैसी र कार्कीले आर्थिक वर्ष २०७५ ७६ मा प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्कली विवरण खडा गरी भ्रष्टाचार गरेको पाइएको अयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् । उनीहरुले सामाजिक सुरक्षा भत्ताको २ लाख ७३ हजार ४ सय रकम अनियमितता गरेको अख्तियारले ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण