बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उमेशलाल श्रेष्ठद्वारा प्यानल घोषणा, को–को छन् टिममा ?

सोमबार, २० चैत २०७९, १७ : ०७
सोमबार, २० चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका आकाङ्क्षी उमेशलाल श्रेष्ठले प्यानल घोषणा गरेका छन् । श्रेष्ठले आज ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

महासंघको साधारण सभा तथा निर्वाचन यही चैत २८ र २९ गते काठमाडौँमा आयोजना हुँदैछ । यही निर्वाचनको तयारीमा यतिबेला ३ जना व्यवसायी वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका छन् । उनीहरुमध्य रामचन्द्र संघईले हिजो आइतबार एक कार्यक्रम गर्दै स–प्यानल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

संघईले उम्मेदवारी घोषणा गरेको एक दिनपछि नै उमेशलाल श्रेष्ठले समेत उम्मेदवारी घोषणा गरेका हुन् । उनले स–प्यानल उम्मेदवारी घोषणा गरेका हुन् । उमेशलाल श्रेष्ठको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फ भरत आचार्य छन् । यस्तै, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षको उम्मेदवारमा हेमराज ढकाल छन् ।

यस्तै, संघईको टिममा एसोसिएट उपाध्यक्षको उम्मेदवारमा ज्योत्सना श्रेष्ठ छिन भने जिल्ला नगर उपाध्यक्षमा शुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा सकुन्तला हिरा छन् छन् । यसैगरी, अर्का आकाङ्क्षी अन्जान श्रेष्ठको प्यानलमा एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे छन् भने वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप