अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग भेटवार्ता गरेका छन् । आज मंगलबार अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् । अर्थ मन्त्रालयको कमाण्ड जनार्दन शर्माले हाँकेको समयमा नेपाल राष्ट्र बैंकसँगको सम्बन्धमा दरार आएको छ । सोही दरार मेटाएर नयाँ सम्बन्ध सुरु गर्न डा. महतले पहल गरेका हुन् ।
मन्त्रालयमा करिब डेढ घण्टा भएको छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो । यस्तै, बिग्रँदो अवस्थामा रहेको नेपालको अर्थतन्त्र सुधार्नका लागि आवश्यक पहल र सहकार्य गर्न आवश्यक रहेको महतले बताएका थिए ।
त्यस क्रममा गभर्नर अधिकारीले अर्थ मन्त्रायसँगको सहकार्यमा देशको आर्थिक स्थिति सुधार्न काम गर्न तयार रहेको बताए । अधिकारीले दुई निकाय मिलेर उद्योगी व्यवसायीको मनोबल बढाउँदै राजश्व संकलन बढाउन र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उकास्न पहल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन
-
सम्मेलनमा सहभागी विदेशीले जलविद्युतलाई महत्त्व दिएका छन् : मन्त्री बस्नेत
-
तिब्बतसितको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
-
रुपन्देहीमा बालिकामाथि जबरजस्ती करणी
-
सुहाङको अग्रता कायमै, डकेन्द्र पुगे डम्बरको नजिक
-
इमरानको अभिनय कमब्याक फिल्म ‘ह्याप्पी पटेल’ मामा आमिर खानले बनाउने