अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग भेटवार्ता गरेका छन् । आज मंगलबार अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् । अर्थ मन्त्रालयको कमाण्ड जनार्दन शर्माले हाँकेको समयमा नेपाल राष्ट्र बैंकसँगको सम्बन्धमा दरार आएको छ । सोही दरार मेटाएर नयाँ सम्बन्ध सुरु गर्न डा. महतले पहल गरेका हुन् ।
मन्त्रालयमा करिब डेढ घण्टा भएको छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो । यस्तै, बिग्रँदो अवस्थामा रहेको नेपालको अर्थतन्त्र सुधार्नका लागि आवश्यक पहल र सहकार्य गर्न आवश्यक रहेको महतले बताएका थिए ।
त्यस क्रममा गभर्नर अधिकारीले अर्थ मन्त्रायसँगको सहकार्यमा देशको आर्थिक स्थिति सुधार्न काम गर्न तयार रहेको बताए । अधिकारीले दुई निकाय मिलेर उद्योगी व्यवसायीको मनोबल बढाउँदै राजश्व संकलन बढाउन र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उकास्न पहल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण