राजनीति
मधेस प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा
मङ्गलबार, २१ चैत २०७९, १६ : २१
जनकपुर । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका हुन् ।
मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम र गृहराज्यमन्त्री केशव राय रहेका थिए ।
संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो ।
केन्द्रमा बनेको गठबन्धनअनुसार मधेस प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण