‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश
मङ्गलबार, २१ चैत २०७९, १६ : ३०
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन रोकिने भएको छ । उच्च अदालत पाटनले प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेपछि फिल्म रोकिने भएको हो ।
फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रोक्नका माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ अगाडि फिल्म रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको हो । अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले बताइन् ।
पाण्डेले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेका थिए । थापा फरार छन् ।
सोमबार भने थापाले फिल्म निर्माणका लागि बाताबरण बनाउन अनुरोध गर्दै एकस्टाटस समेत पोष्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण