पैसा नआउने भएर शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा पर्दैन : पौडेल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको बताएका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले नेताहरू मन्त्री बन्नका लागि तँछाडमछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरूको रोजाइमा पर्ने गरेको बताएका हुन् ।
पूर्वशिक्षा मन्त्रीसमेत रहेका पौडेलले सामुदायिक शिक्षाको सुधार गर्न सके शिक्षा मन्त्रालय नेताहरूको पहिलो रोजाइमा पर्ने बताए । उनले भने, ‘तँछाडमछाड गरेर मन्त्रालय लिनको लागि भागबण्डामा साथीहरू हिँड्ने गर्नुहुन्छ । त्यो भागबण्डामा सबैभन्दा पहिला शिक्षा मन्त्रालय रोज्नको लागि अघि बढ्ने गरी विद्यालय शिक्षाको सुधार गर्न सके बाटो बनाउने मन्त्रालय भन्दा मान्छे बनाउने मन्त्रालय, नागरिक बनाउने मन्त्रालयलाई पहिलो प्राथमिकता राख्नुपर्छ । पैसा आउँदैन होला तर नागरिक बनाउने मन्त्रालयलाई पहिलो जोड दिने गरी काम गर्नुपर्छ । आज कुनैपछि विद्यार्थी शिक्षक सेवा आयोगमा गएर म शिक्षक बन्छु भनेर परीक्षा दिँदैन । त्यो विद्यार्थीलाई दोष दिने कुरा होइन, हामीले बनाउन सकेका छैनौँ, त्यो परिस्थिति हामीले बनाउनुपर्छ ।’
सचिव पौडेलले स्थानीय पालिका, विद्यालय व्यवस्थापन समिति र शिक्षकको सुधार गर्न सके सार्वजनिक विद्यालय आफै आकर्षणको केन्द्र बन्ने दाबी गरे । उनले संघीय शिक्षा ऐन जारी नगरेसम्म सार्वजनिक शिक्षामा सुधार गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण