शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘बहाव’ वैचारिक मनोरञ्जनात्मक फिल्म हो–सुरक्षा

मङ्गलबार, २१ चैत २०७९, १७ : ४५
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्तले ‘बहाव’ वैचारिक मनोरञ्जनात्मक फिल्म भएको बताएकी छन् । ‘फिल्ममा बाबु छोरी अर्थात् कमलमणि दाइ र म छौ’ उनले भनिन् ‘फिल्म हामी दुई पात्रको वैचारिक विषयवस्तु हो ।’ 

मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फिल्मको कथा आफूसँग पनि सम्बन्धित रहेको सुनाइन् । ‘हाम्रो घरमा दुई आमा र एक बुवा हुनुहुन्छ । उहाँहरुको धेरै सन्तान छोरी नै छन्’, सुरक्षाले भनिन्, ‘फिल्म राखिएका केही दृश्य र कथा मसँग पनि मेल खान्छ ।’

कार्यक्रममा अभिनेता कमलमणिले फिल्मको एक दृश्यमा सुरक्षासँग अभिनय गर्दा आफू रोएको सुनाए । ‘पहिले फिल्मको स्क्रिप्ट पढ्दा सामान्य लाग्यो । स्क्रिप्टमा गहिरिएर जाँदा सुरक्षाको मनोभाव बुझे’, उनले भने, ‘सुरक्षा (सन्ध्या) र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई यति छोयो कि आफूलाई थाम्न सकिनँ ।’ ‘मेरो घरमा छोरी पनि छिन् । यो दृश्य खिचिरहँदा एउटा यस्तो परिस्थिति थियो, जहाँ म छोरीलाई माया पनि गर्छु, छोरी प्रति घृणा पनि गर्छु । त्यो अवस्थामा आफूलाई थाप्न सकिन । अनि म रोए’, उनले थपे ‘दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई नै पाउनुहुनेछ र रुनुहुनेछ ।’

आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको छ । निर्देशक कँडेलले वास्तविक जीवन आफूले नजिकबाट अनुभव गरेको कथा फिल्ममा समेटेको बताए । उनले भने, ‘मैले फरक ठाउँमा यो अनुभव गरे होला । तर यो सबैले अनुभव गरेको कथा हो । कति फिल्म हेरेपछि यो मैले पनि अनुभव गरेको भनेर झस्याङ हुनसक्छन् ।’ उनले फिल्मको भित्रको एक पात्रमा आफ्नो भोगाई समेत समेटेको सुनाए ।

निर्माता श्रीधर पौडेलले आफूलाई फिल्म रिलिजमा कुनै समस्या नभएको दाबी गरे । ‘हामीसँग एउटा कथा थियो, त्यसलाई भनेर दर्शकमाझ ल्याउने बेलामा एउटा प्रोडक्ट रेडी भयो । हरेक उत्पादन बजारमा ल्याउने बेलामा समस्या परेकै हुन्छन् । यसको आफ्नै प्रक्रिया हुन्छ । तर आत्तिनुपर्ने अवस्था छैन ।’ फिल्मले व्यवसाय गर्ने नगर्ने आफूले भन्न नसकेपनि फिल्म दर्शकका लागि मनपर्ने उनले सुनाए ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा निर्माण भएको हो । फिल्ममा सुरक्षा र कमलमणीको अलवा अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल लगायतको अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप