नेटोले युक्रेनका लागि बहु-वर्षीय सहयोग कार्यक्रम तय गर्ने
मङ्गलबार, २१ चैत २०७९, २० : १४
कीभ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनका लागि बहुवर्षीय सहयोग कार्यक्रमबारे छलफल बताएका छन् । इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले जनाएअनुसार सो विषय यही अप्रिल ४ र ५ गते हुन गइरहेको नेटो विदेश मन्त्रीहरूको बैठकको कार्यसूची हुने छ ।
"मलाई आशा छ- नेटो विदेशमन्त्रीहरूले युक्रेनको सहयोगका निम्ति बहु-वर्षीय कार्यक्रममा सहमत हुनेछन्," स्टोल्टेनबर्गले ब्रुमा पत्रकार सम्मेलनमा भनेका छन्।
रुससँगको द्वन्द्वमा युक्रेनलाई सहयोग प्रदान गर्नुका साथै यो कार्यक्रम युक्रेन र नेटोबीचको सम्बन्धको विकासको दीर्घकालीन परिप्रेक्ष्यका निम्ति पनि महत्त्वपूर्ण स्टोल्टेनबर्गको धारणा छ ।
सो बैठकमा नेटो देशका विदेश मन्त्रीहरूले युक्रेनको सशस्त्र बललाई समर्थन गर्ने उपायहरुमा पनि थप छलफल गर्नेछन् ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण