महाकाली लोकमार्गको अवरोध हट्यो
कञ्चनपुर । महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ । यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन ।
उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा वर्षौँदेखि लोकमार्ग निमार्ण अघि बढ्न सकेको थिएन । महाकाली लोकमार्ग दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले मन्त्रिपरिषद्को निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश प्राप्त भएपछि सडक निमार्णको बाटो खुलेको बताए ।
“वन विकास कोषमा रु २० करोड जम्मा गर्न नसक्दा समस्या भएको थियो, रकम कोषमा पछि जम्मा गर्ने निर्णय भएपछि रुख कटानको आदेश पाइएको छ”, उनले भने । आदेशपछि सडक निमार्णको कामले तीव्रता पाउने जोशीको भनाइ छ । सडक निर्माणका लागि ठकेदारसित सम्झौतासमेत भइसकेको अवस्था छ ।
महाकाली लोकमार्गको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म १५ किलोमिटर ट्रयाक खोल्न दिवा–सनिदेवसँग काम २०८० असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो । लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्ने जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण