शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अडल्ट फिल्म स्टार स्टर्मी डेनियललाई अदालतको आदेश, ट्रम्पलाई तिर्नुपर्नेछ यति करोड

बुधबार, २२ चैत २०७९, ०९ : १९
बुधबार, २२ चैत २०७९

अडल्ट फिल्म स्टार स्टर्मी डेनियललाई एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०१८ मा गरिएको मानहानिको मुद्दा ठहर नभएपछि अब १ लाख २२ हजार डलर (१ करोड ६० लाख रुपैयाँ) को भुक्तानी गर्न आदेश दिएको । यो रकम ट्रम्पको कानुनी शुल्कको रूपमा दिइनेछ ।

स्टर्मी डेनियलले ट्रम्पको पिछा नछोडेको खण्डमा उनलाई र उनको बच्चालाई खतरा हुनेछ भनेर एक व्यक्तिले आफूलाई धम्की दिएको दाबी गरेकी थिइन् । यद्यपि, ट्रम्पले यसलाई झुटो कहानी बताएका थिए । त्यसपछि स्टर्मी डेनियलले ट्रम्पमाथि मानहानिको मुद्दा गरेकी थिइन् । 

डेनियलले उनका वकिल माइकल एवेनाट्टीले उनको सहमति बिना मुद्दा दायर गरेको भन्दै तर्क पेस गरेकी थिइन् । आफ्ना क्लाइन्टबाट चोरी गरेको आरोपमा एवेनाट्टी हाल सङ्घीय जेलमा छन् ।

तर लस एन्जलसको अदालतले मङ्गलवार डेनियलको विरुद्धमा फैसला सुनायो । यसअघि ट्रम्प न्यूयोर्कको अदालतमा हाजिर भएका थिए ।

मार्च २०२२ मा, डेनियलको सोही सिभिल मुद्दामा ट्रम्पलाई कानुनी शुल्कको रूपमा ३ लाख डलरको राशि भुक्तानी गर्न आदेश दिइएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप