अडल्ट फिल्म स्टार स्टर्मी डेनियललाई अदालतको आदेश, ट्रम्पलाई तिर्नुपर्नेछ यति करोड
अडल्ट फिल्म स्टार स्टर्मी डेनियललाई एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सन् २०१८ मा गरिएको मानहानिको मुद्दा ठहर नभएपछि अब १ लाख २२ हजार डलर (१ करोड ६० लाख रुपैयाँ) को भुक्तानी गर्न आदेश दिएको । यो रकम ट्रम्पको कानुनी शुल्कको रूपमा दिइनेछ ।
स्टर्मी डेनियलले ट्रम्पको पिछा नछोडेको खण्डमा उनलाई र उनको बच्चालाई खतरा हुनेछ भनेर एक व्यक्तिले आफूलाई धम्की दिएको दाबी गरेकी थिइन् । यद्यपि, ट्रम्पले यसलाई झुटो कहानी बताएका थिए । त्यसपछि स्टर्मी डेनियलले ट्रम्पमाथि मानहानिको मुद्दा गरेकी थिइन् ।
डेनियलले उनका वकिल माइकल एवेनाट्टीले उनको सहमति बिना मुद्दा दायर गरेको भन्दै तर्क पेस गरेकी थिइन् । आफ्ना क्लाइन्टबाट चोरी गरेको आरोपमा एवेनाट्टी हाल सङ्घीय जेलमा छन् ।
तर लस एन्जलसको अदालतले मङ्गलवार डेनियलको विरुद्धमा फैसला सुनायो । यसअघि ट्रम्प न्यूयोर्कको अदालतमा हाजिर भएका थिए ।
मार्च २०२२ मा, डेनियलको सोही सिभिल मुद्दामा ट्रम्पलाई कानुनी शुल्कको रूपमा ३ लाख डलरको राशि भुक्तानी गर्न आदेश दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण