शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधार शिविरतर्फ प्रस्थान

बुधबार, २२ चैत २०७९, ०९ : ५२
बुधबार, २२ चैत २०७९

काठमाडौँ । पूर्व गोरखा सैनिक हरि बुढा मगर विश्वासको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । 

बुधवार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक अशक्त रहेका उनका दुवै खुट्टा छैनन् । उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । उनी कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् । 

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गरे । उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने बताए । 

सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप