शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ३४ वटा गम्भीर अपराधका अभियोग

बुधबार, २२ चैत २०७९, ११ : ४०
बुधबार, २२ चैत २०७९

वासिङ्गटन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयार पारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।  न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उनले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गरेका छन् ।

अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा उनी आफ्ना कानुन व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप