सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बाल अन्धोपनका संकेत

बुधबार, २२ चैत २०७९, १३ : ३४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । बालबालिकामा हुने धेरैजसो अन्धोपन हटाउन सकिन्छ । बालबालिकामा हुने ८० प्रतिशत अन्धोपन उपचार गरेर हटाउन सकिने दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराई बताउँछन् ।

नेपालमा ०.०६ प्रतिशत बालबालिका बाल अन्धोपन देखिने गरेको उनले बताए ।

डा.भट्टराईका अनुसार अन्धोपन आउँदा यस्ता संकेत देखिन्छ :

–आँखाको नानीको कालो भाग सेतो देखिने   

–आँखा रातो हुने

–आँखाबाट पानी आउने

–आँखामा चोटपटक लाग्दा, जन्मजात मोतीबिन्दु हुँदा, आँखाको क्यान्सर हुँदा पनि आँखामा अन्धोपन आउन सक्ने सक्छ ।

डा.भट्टराईले बच्चा जन्मेको ६ महिना, २ वर्ष, ५ वर्ष गरी कम्ती तीन पटक आँखाको जाँच गर्न सुझाव दिएका छन् ।

बच्चालाई उपयुक्त आहार खुवाउने, उपयुक्त पावरको चस्मा लगाउने, चोट पटकसम्बन्धी जनचेतना फैलाएमा बालबालिकामा हुने आँखाको अन्धोपनबाट जोगाउन सकिने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप