वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’
काठमाडौँ । किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।
निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’
फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यसैबिच, छायांकन अगाडि फिल्मको ओभरसिज राइट्स विक्री भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार यो फिल्मको मिडिल इष्ट देशहरुको अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको सम्पूर्ण अधिकार खरिद गरेको हो ।
नेप फिल्मका प्रमुख रमेश ढकालले मिडिल इष्ट देशमा फिल्मको प्रदर्शन अधिकार राम्रो रकममा खरिद गरेको निर्माताले बताए ।
निर्माता किरण नेपालीले छायांकन अगाडि नै फिल्मको ओभरसिज अधिकार विक्री गरिसक्ने योजना आफ्नो रहेको उनको धारणा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण