उपेन्द्रलाई प्रभुको चुनौती : सप्तरीका जनताले लखेटेको नेता बारामा पनि पराजित हुनेछ
रौतहट । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले मधेसी जनतालाई सधैँ ठग्दै आएका मधेस विरोधीहरू बारा–२ को उपनिर्वाचनमा लड्न खोजेको बताउँदै उनीहरूलाई हराउन आ–आफ्नो ठाउँबाट सबैजना लाग्नका लागि आह्वान गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै साहले सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्ने दाबी गरेका हुन् ।
रौतहटको ईशनाथ नगरपालिकामा आम जनता पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले भने, ‘भ्रष्ट तथा मधेसविरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नुसरह हो । मधेस प्रदेशमा जसपाकै मुख्यमन्त्री छ । केन्द्रमा पनि हरेक सरकारमा आफै मन्त्री हुँदासमेत मधेसका लागि केही गर्न सकेनन् । अहिले आएर मधेसी जनताको नाममा ढोँग रच्दै फेरि संसद् छिर्ने प्रयास गर्दैछन् । त्यस्ता बहुरुपियालाई बाराका जनताले ठिक लगाउने छन् भन्ने आशा राख्दछु ।’
जिल्ला कमिटीद्वारा आयोजित नगर अधिवेशनमा राकेश ठाकुरको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण