वैशाखमा दुईदिने ऊर्जा सम्मेलन हुने, बिजुलीको बजार प्रवर्द्धनमा जोड
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान)ले आगामी वैशाखमा दुईदिने ऊर्जा सम्मेलन गर्ने भएको छ । ईप्पानले वैशाख ५ र ६ ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो शक्ति 'हरित ऊर्जा बजार विस्तार गर्दै' भन्ने नाराका साथ सम्मेलन गर्न लागेको हो ।
आठौं संस्करणको सम्मेलनबाट ऊर्जा क्षेत्रमा स्वदेशी र अन्तर्राष्ट्रिय सरोकारवालाहरूबाट ठूलो सहयोग तथा सकारात्मक प्रतिक्रिया प्राप्त हुने बताइएको छ ।
सम्मेलनको उद्घाटनका लागि भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जा मन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको जनाइएको छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित नेपाल सरकारका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा बिजुलीको बजार प्रवर्द्धनमा जोड दिइने ईप्पानले जनाएको छ ।
ईप्पानका अनुसार नेपालको विद्युतको बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकूल विकास लगायतका विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिने छ ।
यस्तै सम्मेलनमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु प्रदर्शन आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण