आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

बुधबार, २२ चैत २०७९, १५ : ३४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच एक सम्झौता भएको छ । बुधबार सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमका बीच सम्झौता भएको हो ।  जसअनुसार व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पुँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । 

 सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले हस्ताक्षर गरे ।  कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र  श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीहरूलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्नुका साथै विद्यार्थीहरूको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप