प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच एक सम्झौता भएको छ । बुधबार सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमका बीच सम्झौता भएको हो । जसअनुसार व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पुँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।
सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले हस्ताक्षर गरे । कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीहरूलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्नुका साथै विद्यार्थीहरूको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण