ट्रेड युनियन महासंघद्वारा राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिले पाँचौ राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिले विराटनगरमा गत फागुन २६, २७ र २८ गते भएको पाँचौ राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गरेको हो ।
महासंघका महासचिव वसन्त बोगटीले नेपालका श्रमजीवी मजदुरहरूको हक अधिकारका निम्ति संघर्षरत रहेको बताउँदै अहिलेको सरकार मजदुरहरूको रगत बगोस भन्ने साहस गरिरहेको आरोप लगाए । उनले नेपालका मजदुरहरूको रगत पिउने उन्मात राज्यमा चढेको टिप्पणी गरे । उनले आफूहरुले त्यस प्रकारको राज्य र यसका संचालकहरुलाई खबरदारी गर्दै चुनौती दिने बताए ।
महासंघका केन्द्रीय अध्यक्ष दिनेश शर्मा ‘सागर’ ले नेपालमा मजदुर आन्दोलनको सुरुवात २००४ सालबाट विराटगरबाट सुरु भएको र सोही कारण आफूहरुले पनि विराटनगरमा नै सम्मेलनको आयोजना गरेको बताए । उनले तत्कालीन मजदुर साथीहरूलाई राज्यले गिरफ्तार गरेको अहिलेसम्म पनि बेपत्ता रहेको हुँदा उनीहरुलाई स्मरण गर्न चाहेको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण