शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलम्पिक छनोट : भियतनामसँग नेपाल पराजित (तस्बिरहरु)

बुधबार, २२ चैत २०७९, २० : ०१
बुधबार, २२ चैत २०७९

काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ ।  काठमाडौँको दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेकोमा दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्री भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयौँ स्थानमा रहेको छ । 

भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । 

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुँदैछ । 

olympicolympic-1olympic-2olympic-3olympic-4olympic-5olympic-6olympic-7olympic-8olympic-9olympic-10olympic-11olympic-12olympic-13olympic-14olympic-15olympic-16olympic-17olympic-18olympic-19olympic-20olympic-21olympic-22

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप