ओलम्पिक छनोट : भियतनामसँग नेपाल पराजित (तस्बिरहरु)
बुधबार, २२ चैत २०७९, २० : ०१
काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौँको दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको हो ।
पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेकोमा दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्री भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयौँ स्थानमा रहेको छ ।
भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुँदैछ ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण