प्रतिनिधिसभा बैठक बस्दै, कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन हुने
बिहीबार, २३ चैत २०७९, ०६ : ३२
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।
यसै गरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण