सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खराब फिल्म बनाउँछौ त कसरी चल्छ ? फ्लप भइरहेका फिल्मबारे बोले सलमान खान

बिहीबार, २३ चैत २०७९, १३ : ०६
बिहीबार, २३ चैत २०७९

बलिउडका सफल अभिनेता सलमान खान आजकाल आफ्नो आउँदो फिल्म ‘किसी का भाई किसी की जान’ का लागि चर्चामा छन् । फिल्म रिलिज हुनु अघि सलमान एक अवार्ड शोको पत्रकार सम्मेलनमा समावेश भए । पत्रकार सम्मेलनमा सलमानले मन खोलेर कुरा गरेका छन् । कुराकानीका क्रममा उनले बलिउड फिल्मबारे कुराकानी गरे । उनले हिन्दी फिल्म लगातार फ्लप हुनुको कारण बारे पनि कुराकानी गरे ।

किन फ्लप भइरहेका छन् फिल्म ?

अवार्ड शोको पत्रकार सम्मेलनमा फ्लप हिन्दी फिल्मबारे कुराकानी गर्दै सलमान खान भन्छन्, ‘गलत फिल्म बनिरहेका छन् । त्यसैले यी बक्स अफिसमा फ्लप भइरहेका छन् । फिल्म निर्मातालाई लाग्छ कि उनीहरुले उत्कृष्ट फिल्म बनाइरहेका छन् तर वास्तवमा यस्तो भइरहेको छैन ।’

उनी थप्छन्, ‘म लामो समयदेखि के भन्दै आइरहेको छु भने हाम्रो हिन्दी फिल्म चलिरहेका छैनन् । खराब फिल्म बनाउनुहुन्छ भने कसरी चल्छ ? सबैलाई ‘हामीले मुगल–ए–आजम’, ‘शोले’, ‘दिलवाले दुल्हनियां’ बनाइरहेका छौँ जस्तो लाग्छ । तर त्यस्तो बन्दैनन् । केही निर्देशकलाई भेटेको छु । आजकाल निर्देशकले ‘कूल’ पिक्चर बनाउँछु भनेर सोच्छन् तर यस्तो हुँदैन ।’

त्यसपछि उनले हाँस्दै फिल्म ‘किसी का भाई किसी की जान’ को प्रोमोसन पनि गरे । उनी भन्छन्, ‘फिल्म २१ अप्रिलमा रिलिज हुँदै छ । तपाईंहरू सबै फिल्म हेर्न जानुहोला । ठुलो मेहनतले बनाइएको छ । यो क्लिपलाई नबिर्सिनुहोस् । फेरि पछि भन्नुहोला कि ‘कत्ति न ठुलो कुरा गरिरहेको थियो, आफैँले कस्तो फिल्म बनाएको छ ।’ सलमानको कुरा सुनेर त्यहाँमा मानिस हास्न थाले ।

यो फिल्म फरहाद सामजीले निर्देशन गरेका हुन् । फिल्मका निर्माता सलमान खान हुन् । फिल्मको कहानी सलमान खानको जीवनमा आधारित छ । 

‘किसी का भाई किसी की जान’ मल्टी स्टारर फिल्म हो । सलमान खान र पूजा हेगडे स्टारर फिल्ममा राघव जुयाल, शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम र जस्सी गिलजस्ता कलाकारको मुख्य भूमिका छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप