वैकल्पिक र करार शिक्षकको अभिलेख राख्नुपर्ने

काठमाडौँ । वैकल्पिक र करार शिक्षकको अभिलेख राख्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सातै प्रदेशका शिक्षा विकास निर्देशनालय र ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई उक्त अभिलेख राख्न भनेको हो । शिक्षक सेवा आयोगको परीक्षामा सफल भई वैकल्पिक सूचीमा रहेकाहरूलाई अभिलेखमा राख्न भनेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ (१) अनुसार वैकल्पिक सूचीमा परेका उम्मेदवारहरू र उक्त नियमावलीको नियम २४ (३) अनुसार करार सूचीमा परेका उम्मेदवारहरूलाई प्रदेशस्थित शिक्षा विकास निर्देशनालयले निम्न माध्यमिक र माध्यमिक तहको वैकल्पिक उम्मेदवार र करार सूचीको विवरण शिक्षक सेवा आयोगबाट लिई अद्यावधिक अभिलेख राख्न भनेको हो ।
त्यस्तै वैकल्पिक उम्मेदवार वा करार सूचीमा रहेका उम्मेदवारहरूको नियुक्ति गर्ने प्रयोजनका लागि माग भई आएमा सो विवरण प्रदेश अन्तर्गतका जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहमा पठाउन केन्द्रले भनेको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राथमिक तहको वैकल्पिक उम्मेदवारहरूको सूची र करार सूचीमा रहेका उम्मेदवारहरूको विवरण शिक्षक सेवा आयोगबाट लिएर अद्यावधिक अभिलेख गर्नुपर्नेछ ।
वैकल्पिक उम्मेदवारहरूलाई नियुक्ति दिने सम्बन्धमा शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ बमोजिमको अवस्था देखिएमा आधिकारिक अभिलेखका आधारमा गरी नियमावलीको सोही नियम बमोजिम हुने गरी तोकिएको प्रक्रिया बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्नुपर्ने छ ।
वैकल्पिक उम्मेदवारलाई नियुक्ति तथा पदस्थापन गर्दा मुख्य उम्मेदवारको पदस्थापना भइसकेको रहेछ भने सोही स्थानमा र पदस्थापना भइनसकेको अवस्थामा स्वीकृत शिक्षक पदस्थापनाका आधार र मार्गदर्शन अनुसार नै पदस्थापना गर्ने व्यवस्था मिलाउन केन्द्रले भनेको छ । वैकल्पिक उम्मेदवारलाई नियुक्त गरेको जानकारी शिक्षक सेवा आयोग र माध्यमिक/निम्न माध्यमिक तहको (वैकल्पिक र करार) नियुक्तिको हकमा प्रदेशस्थित शिक्षा विकास निर्देशनालयलाई अनिवार्य रूपमा गराउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँगाउँमा सडक कालोपत्रे भएपछि स्थानीय खुसी
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन