८.२८ अंकले घट्यो नेप्से, कारोबार ११ करोडले बढ्यो
काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२८ अंकले घटेर बन्द भएको छ । ०.४४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक १८६६ अंकमा आइपुगेको छ । हिजो बुधवार नेप्से परिसूचक ८ अंकले नै बढेको थियो । यस क्रममा नेप्सेमा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । हिजो बुधवार नेप्सेमा ८१ करोड रुपैयाँको कारोबार भएको थियो । जुन, आजको तुलनामा ११ करोडले बढी हो ।
नेप्से घटेपनि ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६५ कम्पनीको सेयर मूल्य घट्दा ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर कायम भएको छ ।
यस क्रममा कालिञ्चोक दर्शनको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११ रुपैयाँ पुगेको छ । यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ । आज कारोबार भएका १३ मध्ये ३ वटा कम्पनीको सेयर मूल्य भने सुधार आएका छन् । बाँकी सबै समूहमा गिरावट आएको नेप्सेले जनाएको छ ।
आज बैंक, निर्जीवन र व्यापार समूह बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह ४२ अंकले र जलविद्यूत समूह २८ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण