सरकारको नीति तथा कार्यक्रम : शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने

काठमाडौँ । सरकारले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने घोषणा गरेको छ । बिहीबार सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम २ वर्षभित्र पुरा गर्ने घोषणा गरेकी हुन् ।
तत्कालीन सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको बाँकी काम तथा तराई मधेसलगायतका आन्दोलनका सरकार र आन्दोलनकारीहरुबीच सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशीघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत–साधन र जनशक्ति उपलब्ध गराउने पनि कार्यक्रममा समेटिएको छ ।
‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम २ वर्षभित्र पूरा गर्ने’ कार्यक्रममा भनिएको छ, ‘द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनः स्थापना र परिपूरणको व्यवस्था गर्ने । देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरावलोकन गर्ने । झुटा मुद्दाहरू खारेज गर्ने र राजनीतिक प्रकृतिका बन्दीहरूलाई रिहाइ गर्ने कार्यक्रममा छ । आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनर्स्थापनासम्बन्धी कार्य गर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी