सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वर्णिमप्रति नेता कोइरालाको कटाक्ष : अवसरवादीहरुबाट जोगिनुहोस्

शुक्रबार, २४ चैत २०७९, १४ : ५०
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन् । 

शुक्रवार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति यस्तो कटाक्ष गरेका हुन् ।

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताए ।

कोइरालाले भने, ‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला । अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो ।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गर्न पनि शुभकामना व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप